अष्ट्रेलियाको सिड्नीमा मदिराका कारण नेपाली युवाहरुबीच झगडा हुँदा एकजनाको ज्यान गएको छ।
शनिबार राति हर्जविलको एक पपमा मदिरा पिउने क्रममा शुरु भएको बिबादपछि कुटाकुट भएको थियो। दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको ज्यान गएको अष्ट्रेलियन सञ्चारमाध्यले जनाएका छन्।
बारमा नेपाली युवाबीच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई निकालेका थिए। बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुईजना पर्खलाबाट सडकमा पछारिका थिए। लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा एकजनाको मंगलबार मृत्यु भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताएका छन्।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजना नेपालीलाई पक्राउ गरेको छ।