बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ। केन्द्रीय कारागर र नख्खु कारागरमा रेडक्रसले स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ।
कारागार व्वस्थापनको अनुरोधमा रेडक्रसले केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराई र जडान गराएको छ। केन्द्रीय कारागारमा विरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए। साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई वितरण गरिएको छ।
ती दुई कारागारमा व्यव
स्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती गरेको छ।
त्यसैगरी, रेडक्रसका कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ।
पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमण पछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् ।