लकडाउनको अबज्ञा गर्दै आफूखुसी घरबाट बाहिर निस्केका १० जनालाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ।
कोरोना भाइरसको संक्रमणका कारण मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउनको अबज्ञा गर्दै हिडेका उनीहरुलाई प्रहरीले नारायणगढ बजारक्षेत्र र टाँडीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।