भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनबाटै ‘भागेका’ छन् ।
जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।
आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भन्दै उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्।