वजार अनुगमन समितिले विराटनगरस्थित एक पसलको गोदाममा लुकाई राखेका ११ हजार ३ सय थान मास्क र २ सय थान सेनिटाइजर जफत गरेको छ।
अनुगमन समितिले विराटनगर–९ स्थित राजेश अग्रवालको गोदाममा लुकाई राखेको अवस्थामा मास्क र सेनिटाइजर फेला पारेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाख प्रमुख रमेश कार्कीले जानकारी दिए।
औषधि र सर्जिकल समानको थोक विक्रेता सो पसलको गोदामबाट फेला परेको सेनिटाइजरमा एमआरपी मुल्य समेत उल्लेख नभएको कार्कीले वताए।
वजारमा मास्क र सेनिटाइजरको कालोवजारी भइरहेको सर्वसाधारणवाट गुनासो आएपछि विराटनगर महानगरपालिकाले वजार अनुगमन गरेको हो।
महानगरपालिका, वाणिज्य कार्यालय तथा औषधि व्यवस्था विभागले वजार अनुगमन गरेका हुन्।