कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी भारतसँग जोडिएका एक नाका बाहेक कपिलबस्तुका सबै नाका बन्द गरिएको छ।
भारतमासमेत कोरोना भाइरस फैलिएपछि भारतसँग जोडिएका कृष्णनगर बाहेक जिल्लाका सबै नाका आज बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
खुला सीमाका कारण भारतबाट मानिसको ओहोरदोहोरबाट भाइरस भित्रिन सक्ने जोखिलाई मध्यनगर गरी जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा नाका बन्द गरिएको प्रजिअ पौडेलले बताए। खुला राखिएका नाकामा सुरक्षा निगरानी बढाइनुका साथै दुई हेल्थ डेस्क राखिएको छ।
यस्तै, कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी कपिलबस्तुमा ५ आइसोलेसन कक्ष तयार पारिएको छ। जिल्ला अस्पतालमा ४ र महाराजगञ्ज नगरपालिकामा १ गरी ५ आइसोलेसन कक्ष तयार पारिएको हो।