वीरगञ्जका एकजना कोरोना संक्रमित फेला परेका छन्। भारतका पटनामा उपचारका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो।
४, ५ दिनदेखि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो। वीरगञ्जका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले उपचार गर्न नमानेपछि उपचारका लागि दुई दिनअघि उनलाई पटना लगिएको उनका दाजुले स्पेसखबरलाई जानकारी दिएका छन्।
पारिवारिक स्रोतका अनुुसार होलीअघि उनी श्रीलंकाबाट नेपाल फर्केका थिए।