कपिलबस्तुमा १४ वर्षीया बालिकाको नालामा डुवेर मृत्यु भएको छ।
महाराजगञ्ज नगरपालिका वडा नं.९ सेमरहनाका शाशिकला तेलीकी १४बर्षीया छोरी अन्जुलाको शुक्रबार राति घर नाजिकैको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति घर बाहिर निस्केकी अन्जुलाको मानसिक सन्तुलन ठीक थिएन। उनी डुबेको नाला घरबाट सय मिटरको दुरीमा छ। प्रहरीका अुनसार बालिकाको शव शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टमको लागि लगिएको छ।