मोरङको सुुनवर्सी नगरपालिका–८ स्थित हर्चनगढीवाट गएराति हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अररिया जिल्ला धर्मगञ्ज पलासी वस्ने २१ वर्षीय अजयकुुमार मण्डल, सोही ठाउँ बस्ने १८ वर्षीय आनन्दकुमार मण्डल र २१ वर्षीय राकेशकुुमार साह रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले एकथान कटुुवा पेस्तोल र त्यसमा प्रयोग हुुने गोली वरामद गर्नुुका साथै उनीहरुले प्रयोग गरेको मोटर साइकल समेत नियन्त्रणमा लिएको छ।
राति एक घरमा मदिरा सेवन गरी वसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।
उनीहरुलाई हातहतियार खरखजाना अन्तर्ग मुुद्धा चलाइने उनले बताए। सिमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाउदै सुुरक्षा चेकजाच तथा गस्ति कार्यलाई थप तिव्रता दिइएको दाहालले बताए।