कपिलबस्तुमा गएराति ६ वटा गाडीमा आगजनी गरिएको छ । विजयनगर गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको २ वटा जेसिभी २ वटा स्काभेटर र २ वटा गाड़ीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिराबाट चुकल बन्द गरेर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए । आगो कसले, के कारणले लगायो भन्नेबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । अहिले आगलागीस्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीका प्रहरी पुगेको जनाइएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथी अज्ञात समूहद्धारा आगजनी गरिएको हो ।
उनका अनुसार केही गाडी पूर्ण रुपमा जलि सकेको र केही आंशिक रुपमा जलिरहेको अवस्थामा प्रहरी र कृष्णनगरबाट आएको दमकलबाट आगोलाई नियन्त्रणमा लिएको बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।