जिल्लाको तौलिहवा–जितपुर सडक खण्ड अन्र्तगत कपिलबस्तुको महितामा जीप पल्टिदा १४ जना घाइते भएका छन् । कुस्मा देखि तौलिहवा जादै गरेको लु १ ज ९०५ नम्बरको जीपको स्टेरिङ टुटेर अनियन्त्रित भई पल्टिएको हो ।
जीप पल्टिदा कपिलवस्तु नगरपालिका सेमरी बस्ने शिक्षिका ४५ वर्षिया पुस्पा भट्टराई गम्भीर घाइते भएका प्रहरी नायब उपरिक्षक सुनील मल्लले बताए । घाइते १४ जनाको तौलिहवा अस्पतालमा उपचार भाइरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।साे जीप प्राचीन कपिलबस्तु यातायातको भएकाे प्रहरीले जनाएको छ ।