सूर्यविनायक-जडिबुटी सडकखण्डमा आजदेखि निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाईने भएको छ।
गाडीको आवागमनलाई सहज बनाउन र गाडी दुर्घटना कम गर्न आजदेखि (बुधबार)देखि छुट्टाछुट्टै लेनमा गाडी चलाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सूर्यविनायक-जडिबुटी सडकखण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने गाडी बायाँ लेनमा, र निजी गाडी दाहिने लेनमा मात्र चलाउन पाइने व्यवस्था गरिएको छ ।
अहिले भैरहेका धेरैजसो दुर्घटनामा टिप्पर तथा ठूला गाडीले मोटरसाइकललाई ठक्कर दिएको पाइएकोले अब छुट्टै लेन प्रयोग गरेपछि मोटरसाइकल तथा साना गाडीलाई ठूला गाडीले ठक्कर दिने क्रम कम हुने विश्वास गरिएकाे छ ।