नेपाली कांग्रेसको विदेशस्थित सम्पर्क समिति नेपाली जनसम्पर्क समिति क्यानाडाको हालै सम्पन्न बैठकले सात जनालाई बोर्डमा मनोनित गर्दै कार्य समिति विस्तार गरेको छ।
जनसम्पर्क समितिका सभापति बुद्धि प्रकाश ओलीका अनुसार बिस्तारित कार्यसमितिको उपसभापतिमा चन्दा अधिकारी रहेकी छन् भन् सदस्यहरुमा कमल सुबेदी, प्रेम घिमिरे, ध्रब कुँवर, प्रदिप कुँवर, देबी डुम्रे र नबिन सापकोटा रहेका छन्।
मनोनीत पदाधिकारी तथा सदस्यहरुलाई सभापति ओली, महामन्त्री बसन्त कार्की लगायतले बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै पुर्ण एकताका साथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।