चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ। लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ। चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन्।
यस्तै, उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका–२ रिप गाउँका कालीबहादुर महतराले बताए। बिहीबार रातिदेखि जिल्लामा मौसम फेरबदल भएसँगै शुक्रबार बिहानदेखि हिमपात हुन थालेको हो। हिमपातका कारण नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान उडानसमेत प्रभावित बनेको छ।