नारायणी बोर्डिङ स्कुल चितवनका विद्यार्थीहरुको सहयोगमा माथिल्लो मुस्ताङको घिलिङ र घामीका विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ। पोखराको दुलेगौंडामा आयोजित कार्यक्रममा विद्यार्थीलाई ज्याकेट वितरण गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले मुस्ताङको विकासमा अहिलेका स–साना बालबालिकाको योगदानले भविष्यमा महत्व राख्ने बताए।
उनले मुस्ताङको विकासका लागि सक्षम नागरिक बनाइदिन पनि शिक्षकहरुलाई आग्रह गरे।