हङकङका एक वरिष्ठ स्वास्थ्य अधिकारीले कोरोना भाइरसलाई नियन्त्रण नगर्ने हो भने विश्वभर साढे ४ करोड मानिसको संक्रमणकै कारण मृत्यु हुने र विश्व जनसंख्याको ६० प्रतिशत संक्रमित हुने बताएका छन्।
हङकङको पब्लिक हेल्थ मेडिसिनका अध्यक्ष प्राध्यापक ग्याब्रियल लिउङले विश्वको १ प्रतिशतमात्रै संक्रमणका कारण मृत्यु हुने हो भने यो तत्काल फैलिएर हजारौंको मृत्यु हुने खतरा रहेको बताएका हुन्।
उनका अनुसार विश्वको ७ अर्ब जनसंख्यामध्ये ६० प्रतिशतमा संक्रमण फैलने हो भने ४ अर्ब संक्रमित हुने खतरा हुन्छ । त्यसमा १ प्रतिशत मृत्युहुने हो भने पनि साढे ४ करोड मानिसका मृत्यु हुने सम्भावना हुन्छ। यद्यपि विगत केही दिनदेखि संक्रमितको संख्या बढेको छैन।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म ४३ हजार मानिस संक्रमित भएका छन् भने ११०० मानिसको मृत्यु भइसकेको छ।