प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धिजमको एउटा अनुसन्धानको थलोको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।
संस्कृति, कला र सहित्यसँग जोड्ने कलामा जुन प्रकारको लुम्बिनी वौद्ध विश्वविद्यालयले जुन प्रकारको उपलब्धि हासिल गरेको छ त्यही उपलब्धि जनतासँग जोड्ने कुरामा स्थानिय सरकारले अगुवाई गर्ने हो भने लुम्बिनी क्षेत्रलाई विश्वकै एउटा अकर्षणको केन्द्रको रुपमा विकास गर्न सकिने मुख्यमन्त्री पोखरेल बताए ।
अबको २ वर्षमा केंजो टाँगेले बनाएको लुम्बिनी गुरुयोजना शत प्रतिशत पुरा भएपछि यसले चौतर्फी विकासमा फड्को मर्ने बताए । लुम्बिनी क्षेत्रको चत्रपथ प्रदेश सरकारले यही वर्ष पुरा गर्ने लक्ष्य राखेको उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले यो क्षेत्रमा प्रज्ञिक नेतृत्व गर्ने छ । पुर्वधार विकासमा केन्द्र र प्रदेश सरकार भुमिका खेल्ने छन् । लुम्बिनी क्षेत्रका बसिन्दाहरु बुद्धीजम संग जोडिएको कलासंग नजोडिएको समेत उनले बताए ।
लुम्बिनी अन्र्तराष्ट्यि पर्यटकीय स्थल मात्र नभएर विश्व शान्तिको उदगम थलो भएकाले यसको विकासमा कसैले पनि राजनीति गर्न नहुने प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।
भारतका लागि पुर्व राजदूत दीप कुमार उपाध्यायले लुम्बिनीको साथ साथै तिलौराकोट, कनकमुनि बुद्धको जन्म स्थाल निग्लिहवा र बुद्धको जन्म स्थाल गोटीहवा विकासका पनि गर्नु पर्ने बताए । समाग्र पुरातत्वविक, ऐतिहासिक सम्पदाको विकासका लागि सरकार एक्लैले गरेर नहुने भन्दै यसका लागि निजी क्षेत्र, संघ, प्रदेश र स्थानीय सरकार मिलेर विकास गर्नु पर्ने उपाध्यायले बताए ।
प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा आयोजित महोत्सव शुक्रबार देखि तीन दिनस म्म चल्नेछ । महोत्सवकै अवधिमा मोलाम पुजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक राम आचार्यले जानकारी दिए ।