कपिलबस्तुमा लागू औषधसहित २ जना पक्राउ परेको छन् । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रोटाबाट प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
कृष्णनगरबाट बुटलव तर्फ जादै गरेका रुपन्देही गैडहवा गाउँपालिका ९ का १९ वर्षिय अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका १ का १८ वर्षिय कुमार चलाउनेबाट लागु औषध ट्रामोल १ सय ९० ट्याब्लेट, नाइट्रेट ७९ ट्याब्लेट बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।