रौतहटमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।
प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायत ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ।
इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमा बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको हो। प्रहरीले एउटा कटुवा पेस्तोल र एक राउण्ड गोली र खोका बरामद गरेको छ।