नगरपालिका महासंघका तर्फबाट एउटा कार्यक्रममा भाग लिन अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले आफू बिरामी भएकोले नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन्।
एक गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता अमेरिका गएकी दर्शना लुकेर बसेको समाचार सार्बजनिक भएपछि उनले फेसबुकमार्फत स्पष्टिकरण दिएकी हुन्।आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनले दाबी गरेकी छन्।
तिलागुफाका मेयर रतन शाहीले उपमयेर दर्शना महिना दिनदेखि सम्पर्कमा नरहेको बताएका थिए। जतिबेला उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो। अहिले भने उपमेयर नेपालीले फेसबुक एक्टिभ गर्दै स्टाटस लेखेकी हुन्। बिरामी भएर नेपाल फर्किन नसकेको भन्दै उपचारमा अझै ५ महिना लाग्ने बताएकी छन् ।
आफुलाई भारतीय डा. अञ्जीर कुमारले उपचार गरिरहेका उनले जानकारी गराएकी छन्।
फेसबुक स्ट्याटस
सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन । तपाईंहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ ।
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु ।
म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।
https://www.facebook.com/danta.nepali.3/posts/1511497299003078