नेपाली कांग्रेसका नेता मोहन आचार्यले सांस्कृतिक पर्वहरूले नेपालीबीच आपसी भाईचाराको भावना अभिवृद्धि गर्न मद्धत गरेको बताएका छन्।
तामाङ जातिको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा रसुवाको नौकुण्ड गाउँपालिकाद्धारा शनिवार आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै कांग्रेस सांसद आचार्यले नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको बताए।
उनले विशेषतः बागमती प्रदेशका उत्तरीक्षेत्र रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा धुमधामसँग मनाउने सोनाम लोसारको आफ्नै विशेषता रहेको स्मरण गराए। सो अवरमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घलेले सोनाम ल्होसारको महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गरिएको थियो।