कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एकजना डाक्टरको चीनमा मृत्यु भएको छ।
हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन) ले जनाएको छ।
डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन्।