सांसद दीपक मनाङेबाट पिटिएका एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।
गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शुक्रबार विभिन्न ठगी र बैंकिङ कसुरको उजुरीको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएकाे डिएसपी राजकुमार केसीले बताए ।
पक्राउ परेका गुरुङमाथि मंगलबार प्रदेश सांसद दीपक मनाङेले हातपात गरेका थिए। प्रहरीले हातपात गर्ने सासंद मनाङेलाई भने बिहीबार नै नियन्त्रणमा लिएको थियो।