ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्कबाट एक थान हात्तीको दाह्रा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहा धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भई ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरीलाई बिहीबार दिउँसो प्रहरीले हात्तीको दाह्रासहित पक्राउ गरको हो।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त दाह्रा सहित फेला पारी पक्राउ गरेको हो। यस समबन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।