उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ।
तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने बताए।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो।