नगरप्रमुखबाट पत्रकारहरुमाथि भएको हातपात तथा दुव्र्यवहारको विरोधमा यहाँका आन्दोलनरत पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ गरेका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाद्धारा गठित संघर्ष समितिले पत्रकारहरुलाई कुटपिट गर्ने दोषीमाथि कारबाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर विरोध जनाउँदै आइरहेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा गत पुस २२ गते पत्रकारहरुमाथि दुव्र्यबहार भएको थियो । सो घटनापछि जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा उपमहानगर र पत्रकार महासंघबीच दोषीलाई कानूनी दायरामा ल्याउने सहमति भएको थियो।
सहमतिपछि पनि दोषीहरुलाई कानुनी दायरामा नल्याइएपछि हातमा कालोपट्टी बाँधेर पत्रकारहरुले रिपोटिङ गरेका हुन्।