भक्तपुरमा बुधबार राति छुरा प्रहरी गरी एक किशोरको हत्या भएको छ। छुरा प्रहारबाट कलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो।
सिद्धपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट छुरा प्रहार गर्ने दुई युवालाई पक्राउ गरिएको भक्तपुर प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिएका छन्।
अन्दाजी १५, १६ बर्षका ६ जना बसेर रक्सी सेवन गर्दा भएको सामान्य विवादमा आफ्नै साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रहरीको भनाई छ।
साथीलाई छुरा प्रहार गरेपछि भागेका दुई युवकलाई प्रहरीले केहीबेरपछि उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार प्रहार गरिएको छुरासमेत बरामद भएको छ। हत्या योजनाअनुसार नै उनीहरुले चक्कु बोकेको पाइएको छ।