मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा मंगलबार मृत्यु भएका ८ भारतीय पर्यटकको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ ।मकवानपुरको दामन सिमभन्ज्याङमा सोमबार निसासिएर मृत्यु भएका प्रवीणकृष्ण नायर र रञ्जित कुमार टीबीका परिवार भारतको केरलाबाट नेपाल घुम्न आएका थिए ।
पर्यटकको सुरक्षामा रिसोर्टका तर्फबाट कमीकजोरी भएको हो या होइन लगायतका विषयमा छानबिन हुनेछ । मन्त्रालयको निर्देशन अनुसार छानबिन समितिले यस घटनाको स्थलगत अध्ययन गरी १५ दिन्भित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएकाे छ ।
विभागको होटल शाखाका निर्देशक सुरेन्द्र थापा नेतृत्वकाे छानबीन समितिमा पर्यटक प्रहरी प्रमुख (निरीक्षक) र होटल विभागकै शाखा अधिकृत तिलक रिजाल सदस्य छन् ।