पूर्व पश्चिम वैकल्पिक राजमार्गको रुपमा रहेको हुलाकी सडक विस्तारको कामले गति लिन थालेको छ । विराटनगर देखी झापाको भद्रपुर जोडने हुलाकी सडक सहरीक्षेत्रमा एकसय फिट तथा सहरीक्षेत्रभन्दा वाहिर ४० फिट विस्तार हुनेगरी कामले गति लिएको हो ।
पहिलो चरणमा रंगेली नगरपालिका अन्र्तगतपर्ने वेतौनाचौकदेखी सो नगरपालिकाको पूर्वी सिमाना मधुवनी सम्मको साढेसात किलोमिटर क्षेत्रमा अहिले धमाधम काम भईरहेको रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले बताए ।
रंगेली वजारक्षेत्रमा सहरी मापदण्ड अनुुसार सडक विस्तारको काम भई रहेको उनले बताए ।स्थानिय जनतासंग समन्वयमा मापदण्ड भित्रपर्ने घरटहरा हटाइएको र सडक विस्तारगर्दा विस्थापित सुकुम्वासी परिवारलाई उचित ठाउँमा वसोवासको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टोमप्रसाद सुवेदीले बताए।
हुुलाकी सडक विस्तारसंगै नगरपालिकाले सो सडक जोडिएका एक दर्जनभन्दा वढि सडकको स्तरउन्नती गर्दै कालोपत्रे गर्ने काम समेत गरिएको उहाले बताए ।
लामो समयपछि सडक विस्तारको कामले गति लिएपछि सर्वसाधारण समेत उत्साहित भएका छन । रंगेली– १ का सुुरेशकुुमार राजवंशीले हुुलाकी सडकको विस्तारले आवतजावतमा सजिलो हुुने र यसक्षेत्रको वजार व्यवसाय वढने बताए । त्यस्तै स्थानिय पुुनम सापकोटाले सडक विस्तारले यसक्षेत्रको मुहार फेरिने बताए
८१ करोड रुपैयाको लागतमा कालिका कन्ट्रक्सनले रंगेली खण्डको सडकको निमार्ण सम्पन्नगर्र्ने सम्झौता गरे अनुुसार काम अघि वढेको हो रंगेलीक्षेत्रमा ४ दशमलव ९ किलोमिटर एक सय फिट र वाकि सडक ४० फिट विस्तार हुने सो कन्ट्रक्सनका संचालक उज्वल प्रसाईले बताए ।
तीनवर्ष भित्र काम सम्पन्नगर्ने सम्झौता भएपनि दुईवर्ष भित्र रंगेलीखण्डको काम सम्पन्न हुुने उनको भनाई छ । काम तिव्र गतिमा भइरहेकाले म्याद अगावै काम सम्पन्न हुुने उनको दावी छ ।हुुलाकी सडक निमार्ण आयोजनाका अनुुसार हुलाकी सडक विस्तारकालागी विराटनगर महानगरपालिका सहित, कटहरी, धनपालथान तथा गौरीगन्ज गाउपालिका र सुनवर्सी तथा रतुवामाई नगरपालिकाले समेत मापदण्ड अनुसार सडक खाली गराउन थालेका छन ।