सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत जण्डौल सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चौधरी घाइते भएका थिए। घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि राजविराज पठाइएको थियो। मंगलबार बिहान थप उपचारका लागि राजविराजतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी सामुदायिक वन उपभोक्ता महासंघ, सप्तरीका पूर्वअध्यक्षसमेत थिए।
यसअघि गत सोमबार राति जिल्लाको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको थियो।