सूर्यबिनायक नगरपालिका–८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। ४६ हजार ७ सय ३० रुपैयाँ नगद र ६ बुक ताससहित आइतबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
यसैगरी, भक्तपुर नगरपालिका–४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशी लगायत ४ जनालाई नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।