बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले शाही उपाधिसमेत परित्याग गर्ने भएका छन्। साथै उनीहरुले अब राजपरिवारका सदस्यलाई प्राप्त हुने सरकारी खर्च पनि नपाउने भएका छन्।
यसका साथै उनीहरु कुनै पनि देशमा महारानी एलिजावेथका प्रतिनिधि पनि रहनेछैनन्। बकिङघम दरबारले शनिबार यो घोषणा गरेको हो।
दरबारको विज्ञप्तिमा ह्यारी र मेगनले आफ्नो फ्रगमोर कटेज जिर्णोद्धारका लागि लिएको करिब २४ लाख पाउण्ड पनि फिर्ता गर्नुपर्नेछ । यो नियम आगामी फेब्रुअरी–मार्चदेखि लागू हुनेछ। उनले लामो छलफल र सरसल्लाहपछि आफूले नाति ह्यारी र उनका परिवारका लागि रचनात्मक सहयोग दिने निर्णय गरेको र ह्यारी परिवारका तीनैजना परिवारका सदस्यका रुपमा रहने जनाएकी छन्।
उनीहरुको स्वतन्त्र ढंगले रहने निर्णयको पनि आफूले समर्थन गर्ने एलिजावेथले बताएकी छन्।
शाही उपाधि प्रयोग नगरेपनि उनीहरुका लागि आवश्यक सुरक्षा प्रबन्ध गरिने पनि उनले बताएकी छिन्।
ह्यारी र मेगनले १० दिनअघि नै राजपरिवारको जिम्मेवाट अलग रहने घोषणा गरेका थिए।