सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित रहेको बताएका छन्।
पर्यटन बिभागद्धारा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुरा आए पनि नेपालका हिमाल सुरक्षित रहेको बताएका हुन्।
उनले २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडि बढाउन सरकारले उपयुक्त कार्यक्रमको तर्जुमा गर्ने जानकारी दिए। उनले नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको उल्लेख गरे।
मन्त्री भट्टराईले नेपालका हिमालहरु सफाई गर्न सबै सरोकारवालाले अपनत्वका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले हिमाल सफाइ परिषद् निर्माण गरेर नै सफाइ अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे।