चिसो वढेपछि मोरङको धनपालथान गाउँपालिकाकाले ५ सय परिवारलाई न्यायो सिरक वितरण गरेको छ।
गाउपालिकाले वडा नं ६ का अपांग, असहाय तथा गरिव विपन्न समुुदायलाई सिरक वितरण गरेको गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले वताए।
सांसद शिवकुुमार मण्डल, गाउँपालिका अध्यक्ष सिंह र वडाध्यक्ष ले र मोहमद हुसेनले सिरक वितरण गरेका हुन्।
कार्यक्रमा वोल्दै सांसद मण्डलले विकास निर्माणसंगै नेपाली जनतालाई गास, वास रस कपासको सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको वताए।
गाउँपालिकाका अध्यक्ष सिंहले चिसोका कारण वालवालिका तथा वृद्धवृद्धा वढी प्रभावित भएपछि दाउरा तथा न्यायो कपडा वितरण गरिएको बताए।
गाउाँपालिकाको वजेटवाट ४ लाख ७५ हजार रुपैंयामा सिरक खरिद गरिएको हो।
गतबर्ष सो गाउपालिकाले जाडोबाट प्रभावित ३५० अपांग, असहायलाई सिरक बितरण गरेको थियो।