रौतहटमा चार दिन अघि कैदी फरार भएको घटनामा सुरक्षामा खटिएका दुई प्रहरी निलम्बनमा परेका छन् । कारागारको सुरक्षार्थ खटिएका हवलदार नीरजकुमार सिंह र जवान महानन्दप्रसाद यादव निलम्बनमा परेका हुन् ।
कारागारको सुरक्षा जिम्मा पाएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार निलम्बन गरी अनुसन्धान थालेको छ । संगठित अपराध मुद्दामा १५ वर्षको कैद सजाय भोगिरहेका गढीमाई नगरपालिका १ का अशोक राययादव फरार भएका थिए।कैदी फरार भएको राति जवान यादव मुख्य गेटमा सेन्ट्री बसेका थिए।