मगर समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘माघे सकराती’ टुँडिखेलमा मनाएका छन् ।
काठमाडौं उपत्यका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे सकराती मनाएका छन् । काठमाडौँको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार अायाेजित माघे सङ्क्रान्तिको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन ,खानेपानीमन्त्री वीना मगरलगायतकाे सहभागिता रहेकाे थियाे।त्यसअघि उनीहरुले आफ्नो मौलिक सांस्कृतिक सम्पदा झल्कने पहिरनका साथ काठमाडौंको भृकुटिमण्डपबाट सांस्कृतिक र्याली निकालेका छन् ।
सरकारले माघ १ गतेलाई मगरको राष्ट्रिय पर्व घोषणा गरेको थियो । माघे सकरातीको अवसरमा मगर समुदायले गर्मी शुरू हुने दिनको रुपमा तरुल खाने गरेका छन् । माघेमा तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन समेत रहेको छ । माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ।