माघे संक्रान्तिको अवसर पारेर बिगतका बर्षमा जस्तै यस बर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाइँदैछ।
तारुकामा आज २१ हल गोरु जुधाइदैछ। मंगलबार बट्टारमा पत्रकार सम्मेलन गरी माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले विगतका वर्षमा जस्तै यो वर्ष पनि गोरु जुधाई मेलालाई भव्यरूपमा सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको थियो।
तारुकामा २०६२ सालदेखि एकै ठाउँमा गोरु जुधाएर मेला गर्न थालिएको हो। यो बर्ष तारुकासहित बेत्रावती, घले भञ्ज्याङ, कट्टीछाप, सातबिसे र शेराबगरमा गोरु जुधाइने कार्यक्रम रहेको छ।