सार्वजनिक बसमा एक वर्षअघि अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्कीलाई सोमबार चितवनबाट नियन्त्रणमा लिएको थियो। सार्कीलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्बजनिकसमेत गरेको छ।
सार्कीले बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको पाइएको छ। काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट पत्ता लागेको हो।
साउनमा बनाएको उक्त भिडिओ सार्कीले मंसिरमा अपलोड गरेका थिए। सााजिक सञ्जालमा भिडिओ भाइरल भएपछि सार्की भागेर भारत गएको र पछि फेरि नेपाल आएको सूचनाका आधारमा चितवनबाट पक्राउ गरिएको हो।