कपिलबस्तुमा बस पल्टिदा १ को मृत्यु १४ जना घाइते भएका छन् ।हुलाकि राजमार्ग तौलिहवा भैरहवा सडक खण्ड अन्र्तगत कपिलवस्तु न.पा.७ धरमपनिया नजिकै १ ख ६८१३ नं.को बस अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको रोहेणी गा.पा ५ बस्ने वर्ष ३५ की प्रमोवती पाण्डेको मृत्यु भएको हो ।घाइते हुनेमा भारतको विसनपुर बस्ने ४३ वार्षिय सोफिक मुसलमान, सोही ठाँउका १४ वार्षिय महोमद जावेद मुसलमान, सिदार्थनगर शोहरतगढका २८ बार्षिय हरिचन्द्र केवट, ३८ वार्षिय चन्द्रवर्ति केवट, २५ वार्षिय कृष्णावर्ति केवट रहेका छन् ।
त्यस्तै सिदार्थनगर मैनहवा बस्ने १४ वार्षिय ईस्लावति निषाद, रुपन्देहिको ४० वार्षिय चिर्का कुर्मी, कपिलवस्तु कपिलवस्तु न.पा.५ दलदला बस्ने २२ वार्षिय प्रमशिला कोरी, मायादेवि गा.पा. ८ बस्ने ५५ वार्षिय रामवति लोद, ६० वार्षिय लक्ष्मि यादव, मायादेवी ६ डुमरा बस्ने ३० वार्षिय डकदिनु निशा, मायादेवी ६ रजवापुर बस्ने ३९ वार्षिय फकदिर अहमद रहेका छन् ।
त्यस्तै रुपन्देही मायादेवी गाँउपालिका ५ बसौलीको २३ वार्षिय कृष्णकान्त मिश्रा र कपिलवस्तु कपुलवस्तु न.पा.५ बस्ने ४० वार्षियका मिथिलेश पाण्डे रहेका छन् ।घाइते मध्ये भारतको विसनपुर बस्ने ४३ वार्षिय सोफिक मुसलमानलाई भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने अरुको अवस्था समन्य रहेको प्रहरीले जनाएको छ ।बस चलक जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको नियन्त्रणमा रहेको छ ।