नेपालको कृषिको अवस्था र कृषिको विकाशका लागि विभिन्न योजना बनाउने उदेश्यले सातौ राष्ट्रिय कृषिगणना–२०७८ को तयारी शुरु गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागले विराटनगरमा आज आयोजना गरेको सरोकारवालासंग प्रदेश स्तरिय कार्यक्रममा विगतमा गरिएको कृषि गणनामा सोधिएका विषय वस्तुमा संशोधन तथा थप गर्नुपर्ने विषयमा सरोकारवालाहरुको सुझाव लिएको थियो ।
विगतमा जिल्ला स्तरमा मात्र कृषि गणना हुुदै आएको स्थानियतहको समेत कृषि तथ्यांक उपलव्ध गराउनेगरि ७ सय ५३ वटा स्थानियतहको कृषक र कृषिको अवस्थाको वारेमा कृषि गणना गर्न लागेको केन्द्रीय तथ्यांक विभागका निर्देशक वद्रि कार्कीले वताए ।
उनका अनुुसार महिलाको नाममा रहेको जग्गा, कृषि विमा तथा अनुुदान,कृषिमा जलवायुु परिवर्तनले पुर्याएको असर, वालीमा विषादीको प्रयोग,कृषि वालीको अवशेष तथा कृषि कार्यवाट सुजित फोहरको व्यवस्थापन, कषि वन तथा हरित कृषि प्रणालीको अभ्यास तथा सरकारी सेवा सुविधामा कृषको पहुुच कस्तो छ भन्ने विषयलाई समेत गणनामा समेटिने छ ।
यसपटकका गणनामा करिव २५ लाख कृषकको सुुचिकरण तथा अढाई देखी तिनलाख कृषकको वृस्तित विवरण संकलन गरिने केन्द्रिय तथ्यांक विभागको अर्का निर्देशक डा महेश सुवेदीले बताए ।
कार्यक्रममा बाेल्दै प्रदेश न १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुवोधराज प्याकुरेलले समवृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न कृषिगणना फलदायी हुुने वताए ।
उधोग,पर्यटन, वनतथा वातावरण मंत्रालयका सचिव संन्दिपकुुमार राई तथा पशुपक्षि तथा मत्यस निर्देशनालयका निर्देशक लेखराज दाहालले कार्यक्रममा कृषिगणनालाई प्रभावकारी वनाउन आएका सुझावलाई समेटनुपर्नेमा जोडदिए ।
२०७८ साल जेठ– २५ गतेदेखि असार–८ गतेसम्म राष्ट्रिय जनगणना हुदैछ भने त्यसको ६ महिनापछि राष्ट्रिय कृषिगणना हुने कार्यक्रममा जानकारी गराइयो ।