राष्ट्रिय जनगणना–२०७८ मा यसपटक शिक्षकहरुलाई गणकको रुपमा नखटाइने भएको छ । विद्यालयको पठनपाठन अवरुद्ध हुुने भन्दै यसपटकको जन गणनामा विद्यालयका शिक्षकलाई तथ्याकं संकलनका लागी नखटाइने राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
यसपटकको जनगणनामा करारमा कर्मचारी नियुुक्त गरेर गणकको रुपमा खटाईने सो कार्यालयले जनाएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा सो कुुराको जानकारी गराइएको हो । विगतको जनगणनामा मोरङमा १५ सयभन्दा बढी शिक्षक गणकको रुपमा खटिएका थिए ।
‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङक कार्यालय आगामी विस २०७८ जेठ २५देखि असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणना गर्न लागेको हो ।
जनगणनाको तयारी सम्वन्धमा जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गरेमा सहजता साथै भरोसा योग्य भै सवैमा विश्वासको वातावरण हुने सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन श्रोतको समुचित वाँडफाँडमा यसले सहयोग पु–याउने बताउँदै गणना पूर्व अभ्यास गर्नुपर्नेमा जोडदिए ।
कार्यालयका प्रमुख अशोकुमार भट्टराईले विदेशमा वस्नेको अनलाईन सूचना संकलनका गर्नुका साथैसाथै महानगरक्षेत्रमा ट्यावको तथा नगरपालिका तथा गाउँपालिकामा कागजी प्रक्रियाद्धारा गणना गरिने बताए ।
मोरङ जिल्लामा एक हजार पाँचसय गणकले जनगणना संकलन गर्ने छन् । यसपटकको जनगणनामा तिनप्रकारको प्रश्नावलीसहित घर तथा परिवारको संख्या, खाली तथा व्यवसायकालागि प्रयोग गरिएका घरको संख्या , कृषि तथा जग्गाको क्षेत्रफल, कृषक परिवारको संख्या तथा घरको अवस्थाको बारेमा समेत गणना हुुने जनाइएको छ । जनगणनकालागी मोरङमा दुुई वटा कार्यालय रहने छ