नेपाल राष्ट्रिय मारवाडी युुवा संगठनले युवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेकाे छ । संगठनले आफ्नो नवाैं राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेकाे हाे ।
विराटनगरमा आज पत्रकार सम्मेलन गरी देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम गरी तीन सय पिण्ट रगत संकलन भएकाे जानकारी गराइयो ।
दिवसको उपलक्ष्यमा नेपाल भरी शान्ती तथा मोटरसाईकल र्याली, प्रभातफेरी देशभरका चार क्षेत्र र २४ मञ्च शाखाद्वारा गरिबहरुलाई चार सय कम्बल, चार सय क्विण्टल खाद्यान्न फलफूल,एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपण रंगेली अस्पतालका विरामीलाई कम्वल वितरण अस्पताललाई विभिन्न सरसफाईका लागि फिनेल लगायतका सामाग्री वितरण गर्नुुका साथै सुुनसरीको इटहरीमा निशुुल्क भोजनको व्यवस्था गरेको संस्थाका महासचिव मनोज अग्रवालले बताए।
उनका अनुुसार संगठनले विराटनगर, इटहरी, रगेंली, ईनरुवा, धरान, दुहवी, दमक, धुलावारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, , खाजा व्यवस्था, खाद्यान्न निशुुल्क भोजन लगायतका सामाजिक कार्य गरेको छ । मारवाडी युुवामन्चले भ्रमणवर्षलाई लक्षित गर्दै विभिन्न कार्यक्रमको आयोजना समेत गरेको जनाएको छ । भ्रमणवर्षलाई सफल वनाउन पर्यटकीय स्थलको प्रचारप्रसार ग्रामीण तथा धार्मिक पर्यटयिकक्षेत्रमा सरसफाई लगायतका कार्यक्रमहरु समेत संचालन गरिरहेको छ ।
यसैगरी भ्रमण वर्ष २०२० को सम्वन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तहरुलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचार प्रसार गरिएको सचिव सुनिल विडलाले बताए ।