कपिलबस्तको यशोधरा गाँउपालिका वडा नं. ३ कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेकाे छ।
आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष जलेर नष्ट भएको छ। साथै,कार्यालयको कुर्सी, टेवल, दराज र कागजपत्र जलेर नष्ट भएको छ।
दराजमा रहेको ३५ हजार रुपैया समेत लुटिएको र कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर समेत जलेर नष्ट भएको वडा अध्यक्ष सरिता त्रिपाठीले बताईन्।
आगजनी किन, कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी ग¥यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।’ आगलागी बारे कसैले जिम्मा भने लिएको छैन।