वैदिक कालमा ऋषीमुनीहरुले गर्ने नित्य यज्ञको माध्यमबाट वायुमन्डल शुद्ध एवं पवित्र हुन्थ्यो । त्यसबाट प्राप्त यज्ञ भष्मलाई मलखादको रुपमा प्रयोग गरेर नियमित खेती गरिन्थ्यो । यही प्रविधिलाई मुल आधार मानेर हालैमात्र अग्नीहोत्र खेतीबारे व्यापक अनुसन्धान थालिएको छ । यो प्रविधि उर्जा विज्ञानमा आधारित छ । यसरी खेती गर्दा रासायनिक मल, विषादि, हर्मोन , वर्णशंकर बिउ, मानव मलमुत्र आदि प्रयोग गरिदैन ।
भारतको हरिद्वारस्थित शान्तिकुन्जलगायत अस्ट्रिया, अस्ट्रेलिया, पेरू, अर्जेन्टिना, जर्मनी, पोल्याण्डसहित हाल विश्वका ७१ देशमा अग्निहोत्र खेती तथा ‘होमथेरापी’ सम्बन्धी अध्ययन तथा अनुसन्धान भइरहेको छ । भारतको महाराष्ट्र राज्यको जलगाउँ, मध्यप्रदेशको खरगौन जिल्लाको महेश्वरमा अग्नीहोत्र खेती प्रारम्भ गरिसकिएको छ भने कृषि विश्वविद्यालय पालम, तमिलनाडु कृषि विश्वविद्यालय उडुप्पी, देव संस्कृत विश्वविद्यालय हरिद्वारमा अग्नीहोत्र खेतीबारे व्यापक रुपमा अनुसन्धान भइरहेको छ । राजस्थानका केही ग्रामीण बजारमा अग्नीहोत्र खेतीका लागि चाहिने सामग्री र खेती गर्न सिकाउने सेवाकेन्द्र प्रसस्त खुलेका छन्।
यस प्रक्रियाद्वारा वायुमन्डल एवं वातावरणमा रहेको प्रकृतिको स्वाभाविक शक्तिलाई ज्योतिषीय संयोजन एवं मन्त्र शक्तिद्वारा यस्तो परिवर्तन ल्याउने प्रयास गरिन्छ, जसद्वारा सूर्य र चन्द्रमाबाट प्राप्त हुने उच्च शक्तियुक्त ब्रह्मांडीय उर्जा बोटविरुवाले सहज र सजिलोसँग ग्रहण गर्छन् । यो प्रक्रियालाई पृथ्वीको उर्जा चक्रले यसप्रकार नियन्त्रित गर्दछ कि जसले प्रकृतिअनुरूप प्राणिमात्रको कल्याणका लागि उर्जा प्रवाहित गर्दछ।
अग्नीहोत्र खेतीबाट हुने फाईदा
जर्मनीका वैज्ञानिक डा. उलरिच बर्कका अनुसार, यसरी गरिने यज्ञबाट अक्सिजन, इथोलिन अक्साइड, प्रोपाईलिन अक्साइड एवं फर्मेल्डिहाईड उत्पादन हुन्छ । जसमध्ये फर्मेल्डिहाईडले वालीमा रोग किरा लाग्नबाट जोगाउंछ भने प्रोपइलिन अक्साइडले समयमा वर्षा हुन मद्दत गर्दछ । यसरी गरिएको खेतीमा बिरुवाको वृद्धि छिटो हुने, रोग किरा नलाग्ने, उत्पादित वस्तु प्राकृतिक एवं वास्तविक स्वादमा पाईने, फलमा हानिकारक तत्व नहुने , पौष्टिकतामा वृद्धि हुने, उत्पादित वस्तुको रंग र आकारमा कुनै पनि विकृति नदेखिने, सबै फलहरु एकनासका हुने र उत्पादनमा समेत निकै धेरै वृद्धि भएको पाइएको छ।
बोटबिरुवा र तिनका उत्पादनमा मात्र नभइ त्यस कार्यमा संलग्न व्यक्ति तथा उनीहरुका परिवार र छिमेकीको समेत शरीर स्वस्थ रहेको र वरपरको वातावरण समेत शुद्ध भएको पाईएको थियो । यसबाहेक हृदय रोग, दम, क्षयरोग, मानसिक तनाव आदि घातक रोगबाट समेत छुटकारा पाईने पनि अध्ययनमा उल्लेख छ । यसैगरी श्वासवप्रश्वास, पेटसम्बन्धी रोग, उच्च रक्तचाप, मधुमेह जस्ता रोगमा उल्लेख्य रुपमा कमी आएकोसमेत बताइएको छ।
अग्नीहोत्र (होम) का लागि चाहिने सामग्री र विधि
१. पिरामिड आकारको तामाको हवन पात्र
२. गाईको गोबरबाट बनाईएको गुइंठा
३. गाईको घ्यू
४. पालिस नगरेको चामल (अक्षता)
५. सूर्योदय तथा सूर्यास्तको ठीक समय
६. मंत्रोच्चारणका साथ हवन गर्ने
हवन कसरी गर्ने ?
पिरामिड आकारको तामाको हवन पात्रमा यसको विशिष्ट आकृतिका कारण विभिन्न प्रकारको सकारात्मक उर्जा ग्रहण गर्ने अद्भुत क्षमता हुन्छ । सूर्योदय र सूर्यास्तको समयमा यस्तो आकृति भएको तामाको पात्रले झनै धेरै मात्रामा वायुमन्डलमा भएका सकारात्मक उर्जालाई खिचेर लिन सक्छ । क्षति नभएको चामललाई अक्षता भनिन्छ , त्यसैलै नकाटिएका, नटुक्रिएका चामलका सग्ला दानाबाट मात्र अक्षता बनाइन्छ ।
सकेसम्म हातले उधारेको वा ढिकिमा कुटेको चामल प्रयोग गर्नुपर्दछ । एक पटकका लागि १०(१५ दाना अक्षता पर्याप्त हुन्छ । ५० ग्राम गाईको शुद्ध घ्यू भए एक महिनालाई .पुुग्छ । एकपटकमा १(२ थोपा घ्यू मात्र प्रयोगमा आउंछ । शुद्ध गाईको घ्यूले अदृश्य उर्जाको वाहकको रुपमा काम गर्दछ । गाईको गोबरबाट बनेको गुईंठामा शिशा तथा प्लास्टिकका टुक्रा, घाँस परालका टुक्रा , र अन्य फोहर वस्तु मिसिएको हुनुहुँदैंन । शुद्ध गाईको गोबरबाट बनाई घाममा सुकाएको गुईंठामा एक्टिनोमिइसिटीज नामक सूक्ष्म जीव प्रसस्त मात्रामा पाईन्छ । होमका लागि आगो बाल्ने काममा यिनै गुईंठाको प्रयोग गरिन्छ ।
अग्निहोत्रको आगो तयार गर्ने विधि
तामाको पिरामिडमा सर्वप्रथम चारपाटे आकारको गुईंठा राख्ने , त्यसमाथि समिधा आकारको गुईंठा वा भाँचेर बनाएको समिधा आकारका टुक्रालाई होम गर्दा समिधा राखे जसरी राख्ने । यसरी राख्दा वायुको संचार राम्ररी हुन्छ । गुईंठामा थोरै घ्यू दलेर वा कपुर धुपको मद्दतले अग्निदाह गरिन्छ । आगो सल्काउन मुख वा ढुंग्राको प्रयोग गर्नु हुँदैन र कुनै प्रकारको तेल पनि निषेध छ।
होम अर्थात् अग्नीहोत्र कसरी गर्ने ?
पंचांगमा सूर्योदय र सूर्यास्तको हरेक दिनको समय उल्लेख गरिएको हुन्छ । त्यसै समयलाई लक्ष्य गरी ठीक सुर्योदय र सूर्यास्तको समयमा होम गर्नुपर्छ । होम गर्न, मौसम अनुकूल ५ देखि १० मिनेट अगाडि अग्नि प्रज्जवलित गरी सक्नुपर्छ । अब होम गर्ने समयको ठीक दुई मिनेट रहँदा १०( १५ दाना चामलमा १-२ थोपा घ्यू मोलेर बायाँ हातमा राख्नुपर्छ । उक्त घ्यू मलिएको चामललाई दुई भाग गरी ठिक समयमा बुढ़ी औंला र साहिंली औंलाको सहायताले निम्न मन्त्र पढदै सूर्योदयको समयमा दुईपटक यसरी हवन गर्नुपर्दछ
मन्त्र : सूर्याय स्वाहा, सूर्याय इदम् न मम सूर्याय स्वाहा (पहिलो हवन गर्ने)
बाँकी मन्त्रको उच्चारण मात्र गर्नें : सूर्याय इदम् न मम् ।
दोस्रो मन्त्र र हवन : प्रजापतये स्वाहा (हवन गर्ने)
बाँकी मन्त्रको उच्चारण मात्र गर्ने : प्रजापतये इदं न
दोस्रो मन्त्र र हवन : प्रजापतये स्वाहा (हवन गर्ने)
बाँकी मन्त्रको उच्चारण मात्र गर्ने : प्रजापतये इदं न मम
सूर्यास्तको समयमा पनि यसरी नै तर निम्न मन्त्रले हवन गर्नुपर्छ : अग्नये स्वाहा (हवन गर्ने) तथा बाँकी मन्त्र भन्ने : अग्नये इदं न मम । दोस्रो मन्त्र र हवन : प्रजापतये स्वाहा (दोस्रो होम गर्ने ) बाँकी मन्त्र उच्चारण मात्र गर्ने : प्रजापतये इदं न मम ।
यो अग्निहोत्र होम गर्दा चाहेमा परिवारका सबै सदस्यले मन्त्रसँगै उच्चारण गर्न सक्नेछन् । तर होम भने एकजनाले मात्र गर्नुपर्छ । अग्नीहोत्र होम गर्दा लक्ष्य गरिएको खेतबारी, करेसाबारी वा घर गोठ के हो त्यसको मध्य भागमा र एकै स्थानमा गर्नु पर्दछ ।
भोपाल ग्याँस दुर्घटना, कुशवाहा बस्ति र अग्नीहोत्र
भारतको मध्यप्रदेशको भोपालमा ३ डिसेम्बर सन् १९८४ का दिन एक भयानक औद्योगिक दुर्घटना भयो। यसलाई भोपाल ग्याँस कान्डका नामबाट जानिन्छ । भोपालस्थित यूनियन कार्बाइड नामक कम्पनीको कारखानाबाट एक विषाक्त ग्यांस चुहिएर उक्त दुर्घटना भएको थियो । जसका कारण लगभग १५००० भन्दा बढीको ज्यान गएको थियो भने हजारौं व्यक्तिहरुमा अनेक खालका शारीरिक अपांगता भएको थियो भने कयौं दृष्टिविहीन भएका थिए । सो ग्यांस काण्डमा मिथाइलआइसोसाइनाइट (मिक) नामक विषाक्त ग्याँस चुहिएको थियो ।
जसको उपयोग कीटनाशक विषादी बनाउन प्रयोग हुन्छ । यो घटनामा भोपालका कुशवाहा परिवार अचम्मसँग विना कुनै हानी बचेका थिए । यसको एकमात्र कारण थियो कुशवाहा परिवारमा प्रतिदिन अग्निहोत्र होम गरिन्थ्यो । जुन रात ग्याँस दुर्घटना भयो, त्यसदिन पनि उनीहरुले अग्निहोत्र गरेका थिए ।
ध्यान दिनुपर्ने केही कुरा
समय अभाव देखाई हवन बीचैमा छाड्नु हुँदैंन । कमसेकम बिहान १०र१५ मिनेट र साँझ १०र१५ मिनेट शान्त चित्त, भावनापूर्वक बस्ने बानी बसाल्नु पर्छ । होमपछि भस्म ननिकाल्ने समय ९करिब २ मिनेट० सम्म ढाड सिधा राखी गहिरो श्वास लिएर बस्नुपर्छ । यो समयमा दृष्टि भने अग्निमा दिनु पर्दछ । आहुति भस्म भएपछि त्यसलाई निकालेर बन्द गर्न मिल्ने माटो वा शिशाको भाँडोमा संकलन गर्नुपर्छ ।
कुनै समय खेतीमा मलको कमी भएको शंका लागेमा यसै भष्मको प्रयोग गर्न सकिन्छ । अग्नीहोत्र खेती गर्दा जमिनको तयारीदेखि बाली लगाउने समयसम्म अटुट रुपमा गर्नुपर्दछ । पिरामिड आकारको ताम्रपात्रलाई अग्नीहोत्र कार्य समापन नगरुन्जेल धुन या पखाल्न हुँदैंन । तर सफा र शुद्ध कपडाले पुछेर राख्न सकिन्छ ।
(विभिन्न एजेन्सीको सहयोगमा)