जिल्ला अदालत भैरहवाका २ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धन कार्यालय बुटवलको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ ।
कार्यलयका नायब सुब्बा बुद्धि प्रसाद प्रसाद न्यौपाने र लेखापाल विनोद शर्माले धरौटी रकम फिर्ता गराउन पहल गरिदिने भन्दै सेवाग्राहीबाट २ हजार घुस लिदै गर्दै नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रवक्ता शुरेश भुसालले जानकारी दिए ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ मा रहेको एक खाजाघरबाट दुवै जनालाई नियन्त्रणमा लिईएको उनले बताए । अख्तियारको नियन्त्रणमा रहेको दुवै कर्मचारीमाथी थप अनुसन्धान भईरहेको भुषालले जानकारी दिए ।