कपिलबस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री र विद्यालयलाई जिन्सी सामाग्री प्रदान गरेको छ । कपिलबस्तुको बाणगंगा ३ भक्तौलीमामा रहेको गौरी भवानी मा.विका वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई सो सामाग्री प्रदान गरिएको हो ।
विद्यार्थीलाई खाजा वोक्ने टिफिन ९० थान, कक्षा ६ देखि १० सम्म पढ्ने १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लत्ता कपडा बितरण गएिको हो ।
त्यस्तै विभिन्न खेलकुदका सामग्रीहरु सहित पानी शुद्धिकरणका लागि फिल्टर मेसिन, स्टील दराज, प्लाष्टीक कुर्सी २० थान गरी एक लाख भन्दा बढिको सामाग्री हस्तान्तरण गरीएको हो । न्यू पराजुली ट्रेडर्स ४ नम्बर जितपुरका संचालक कृष्ण पराजुली र ओमकार आचार्यले सहयोग गर्नुभएका सामग्रीहरु नेविसंघले प्रदान गरको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीकी उप–स.योजक तारावती चौधरीले नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अन्य पार्टीका भातृ संगठन भन्दा सामाजिक कार्यमा अग्रसर रहेको बताईन् । उनले सरकारले गर्नु पर्ने काम विद्यार्थी संगठनले गरेकोमा खुसी व्यक्त गरिन् ।
नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिँह ठकुरीले नेपाल तरुणदलले शैक्षिक क्षेत्रमा यस्ता धेरै काम गरेको भन्दै जिल्लामा अग्नी पिडित, वाढि पिडित, घरवार बिहिनका लागि आवासको व्यवस्था समेत गर्दै गरिव तथा दिन दुःखीको दुख र सुखमा साथ दिने काम गरेको बताए । नेपाल तरुणदल र नेपाल बिद्यार्थी संघले कुरा नभई काम गरेर र गर्नका लागि मात्र आम जन समुदायमा आउने बताए । नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले संघ संगठन भनेको समुदाय परिवर्तन गर्ने एउटा मजवुत पिलर रहेकोले यसलाई अझ बलियो वनाउनका लागि हामी सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा सिदार्थ क्यापसका इकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष सन्तराम थारु, नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष तुल्सीराम घिमिरे, नेपाली कांग्रेस वडा नम्बर ३ का वडा सभापति खिमानन्द पाण्डे, गौरी भवानी मा.वि.भक्तौलिका विद्यालय व्यवस्थापन समिती अध्यक्ष इश्वरी खनाल, लगातको उपस्थिती रहेको थियो ।