जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ४ सय ११ जना कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि मंसिरसम्ममा उनीहरु कारवाहीमा परेका हुन्। कारबाहीसँगै सवारी साधनबाट रु. ४२ लाख ३ हजार ५ सय राजश्व संकलन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुका अनुसार कारबाही परेकामा सबैभन्दा बढी मालबाहक ट्रक, मोटरसाइकल, जिप,कार, बस, ट्रयाक्टर लगायत छन्।
जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा ओभरलोड, सिट क्षमता बिपरित सवारी साधन संचालन, मापसे गरी सवारी संचालन, लाईसेन्स नबोकस् सवारी संचालन लगायतमा कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख टक्कर स्वँरले बताए।
जिल्लाको तौलिहवा, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, ४ नं. जितपुर, पिपरा र पकडी लगायत स्थानबाट राजस्व संकलन गरिएको उनले बताए।