जिल्लामा एम महिलाको शव फेला परेको छ । महाराजगंज नगरपालिकाको बडेगाँउको उत्तर बेलनदीमा सो शव फेला पेरको हो । ६५ वर्षिय महिला नदिमा डुवेको अवस्थामा शव दखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवको अवस्था हेर्दा दुइ तीन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने प्रहरीले जाकारी दिएको छ । गुलावी साडी र कलेजो रगंको ब्लाउज लगाएको अवास्थामा शव फेला परेको हो । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको सकेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।