जिल्लामा यस बर्ष तोरीको उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । गत बर्षको तुलनामा यस वर्ष तोरी उत्पादन दश प्रतिशतले बृद्धि हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख राम गोविन्द आर्यले बताए ।
विगतका बर्षमा तोरी खेतीको सिजनमा बीउ, मलको अभाव हुने गरे पनि यसबर्ष भने तोरी खेतीका लागि समयमा नै विउ विजन, खाद्य तथा सिचाइको सुविधा भएकाले उत्पादन बढ्ने सम्भावना देखिएको केन्द्र प्रमुख आर्यले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार यस जिल्लामा २ हजार ८ सय १५ हेक्टर जमिनमा तोरी खेती गरिन्छ र तोरी खेतीबाट वार्षिक प्रति हेक्टर ९ सय ८० केजी तोरी उत्पादन हुने गरेको बताएका छन । उनले भने यस वर्ष यस्तै मौसमले साथ दियो भने उत्पादन बढ्ने बताए ।
कपिलबस्तुमा कुल खेती योग्य जमिन १ लाख ७३ हजार ८ सय हेक्टर रहेको छ । यस वर्ष तोरी खेती राम्रो संग फस्टाएको हुनाले तोरी उत्पादन बढन् सक्ने केन्द्रले अुनमान गरेको छ ।