कपिलवस्तु जिल्लाका ३ सय ५० भन्दा बढी गरिवको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान स्थित वाट थाई निग्रोधराममा सम्पन्न एक दिने आँखा शिविरमा फेला परेका मोतियाबिन्दुका बिरामीको पुस ४ गते लुम्बिनीमा निःशुल्क शल्यक्रिया गर्न लागिएको हो।
सोमबार रोयल थाई मोनाष्ट्री लुम्बिनी र वाट थाई कपिलवस्तु निग्रोधराम नेपालको संयुक्त आयोजनामा तिलगंगा आँखा अस्पतालको स्वास्थ्यकर्मीको टोलीले एक हजारभन्दा बढीको आँखा परीक्षण गरेको थियो। त्यसक्रममा ३ सय ५० बढी आँखाका बिरामीमा मोतियाबिन्दु फेला परेको थियो।
औषधिसहितको निःशुल्क उपचारका लागि तिलगंगा आँखा अस्पतालको सात सदस्यीय टोली परीक्षणमा खटिएको थियो। उपचारमा खटिएका प्यारामेट्रिक्स बरुदेव भण्डारीले शिविरमा मोतियाबिन्दु, आँखामा मासु पलाएको र इन्फेक्सन लगायतको समस्याका बिरामी बढि आएको जानकारी दिए।
गत बर्ष झै यस बर्ष पनि गरिब बिपन्नलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सँगै उपचार सेवा दिने उद्धेश्यले शिीिरको राखिएको वाट थाई कपिलवस्तु निग्रोधराम नेपालका अध्यक्ष राजेश ज्ञवालीले बताए।